कारोबार रकम १० करोड बढ्दा नेप्सेमा ७ अङ्कको वृद्धि

बिहीबार नेप्सेसँगै कारोबार रकम पनि १० करोडभन्दा धेरैले बढेको छ । नेप्सेमा १५७ कम्पनीको ४ हजार १ सय ५६ कारोबारबाट ४१ करोड ७० लाख रुपैयाँ बराबरको ११ लाख ५६ हजार ३ सय ६० कित्ता सेयर किनबेच भएको छ ।

  1. नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार रकममा क्रमिक सुधार आएको छ । यो साताका पछिल्ला दिनमा नेप्सेको कारोबार रकम बढेर ४१ करोड रुपैयाँुसम्म पुगेको छ ।

कारोबार रकमसँगै नेप्से परिसूचक पनि सुधारको गतिमा देखिएको छ । बुधबार २ अङ्कले बढेको नेप्से साताको अन्तिम दिन बिहीबार ७ अङ्कले बढेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत देखिएको अस्थिरताका कारण सेयर लगानीकर्ता अन्योलमा देखिए पनि पछिल्लो साताको सुधारले सकारात्मक बनाएको छ । क्रमिक रुपमा कारोबार रकम र नेप्से सूचक दुवैमा आएको सुधारले आगामी साता सेयर बजार सकारात्मक हुने देखिन्छ ।
बिहीबार कारोबार सुरु हुँदा १४०४.४९ अङ्कमा रहेको नेप्से ७.०३ अङ्कले बढेर १४११.५२ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि साढे एक अङ्कले बढेको छ ।

बिहीबार नेप्सेको कारोबार सुरु भएदेखि सुधारको गतिमा रहेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक बढेपछि समग्र बजार हरियो भएको हो ।

बिहीबार नेप्सेमा बैङ्क, विकास बैङ्क तथा लघुवित्त कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक बढेको हो । नेप्सेमा कारोबार भएका बैङ्किङ ६.०३, विकास बैङ्क ८.३२, बिमा १६.०४, होटल ५.४७, वित्त ०.६५, लघुवित्त समूह १२.४१, उत्पादनमूलक ५.३६, अन्य समूह ९.८८ र व्यापार समूह १.६९ अङ्कले बढेका छन् । तर, जलविद्युत समूह मात्र १.४९ अङ्कले घटेको छ ।

बिहीबार नेप्सेसँगै कारोबार रकम पनि १० करोडभन्दा धेरैले बढेको छ । नेप्सेमा १५७ कम्पनीको ४ हजार १ सय ५६ कारोबारबाट ४१ करोड ७० लाख रुपैयाँ बराबरको ११ लाख ५६ हजार ३ सय ६० कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै भए पनि नेप्सेको औसत दैनिक कारोबार भन्दा धेरै कम हो ।