एमबीबीएस अध्ययनरत विद्यार्थी फेवातालमा मृत फेला

काठमाडौं । गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत शिशिर केसी मृत अवस्थामा फेला परेका छन्।

म्याग्दी घर भएका २५ वर्षीय केसीको शव शनिबार बिहान करिब साढे १० बजे तिर फेवातालमा भेटिएको हो।

तालको छेउमा रहेको एक होटेलको चौरमा केसीको हेलमेट र लुगा फेला परेपछि प्रहरीले खोजी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरूङले जानकारी दिए।

केसी गण्डकी मेडिकल कलेजमा एसबीबीएसको पाँचौ ब्याचमा अध्ययनरत थिए।

केसीले आफ्नो मोबाइलबाट साथीहरूलाई आफूलाई खोज्न आउनु भनेर विभिन्न म्यासेज गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। ‘उनले साथीलाई केही म्यासेजसमेत गरेको देखियो। मलाई खोज्न यतातिर आउनु भन्ने किसिमका म्यासेज छन्। घटनाको थप अनुसन्धान गरिरहेका छौँ,’ गुरूङले भने।