हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि सेयर खुला गरिएको कम्पनीले जनाएको छ ।
भोजपुर । पिखुवा खाेलामा निर्माण भइरहेको इस्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक सेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि सेयर खुला गरिएको कम्पनीले जनाएको छ ।
प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म सेयर खरीद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिए । सेयर प्रभु बैङ्क भोजपुरमार्फत लिन सकिने जनाइएको छ । सेयर आजदेखि १५ दिनसम्म खरिद गर्न सकिने अधिकृत राईले जानकारी दिए ।
हाइड्रोपावरको काम ९९ प्रतिशत सम्पन्न भएकाले यही चैतभित्र सञ्चालन गरिने कम्पनीले जनाएको छ । यो जलविद्युत् जिल्लाको हालसम्मकै सबैभन्दा बढी पाँच मेगावाट क्षमताको हो । जलविद्युत् आयोजना करिब एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ ।