सेयर बजार ६ अङ्कले बढ्यो, साइन रेसुङ्गा डेभलपमेन्टको सबैभन्दा बढी प्रमोटर सेयर कारोबार

साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । साइनको प्रतिकित्ता १३० रुपैयाँमा ४ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६ अङ्कले बढेको छ । बजार बढेपछि नेप्से परिसूचक १ हजार १६१ अङ्कमा पुगको छ । आइतबार ३७ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । साइनको प्रतिकित्ता १३० रुपैयाँमा ४ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । साइन रेसुङ्गाले बुटवलमा रहेको पूर्णिमा विकास बैङ्क मर्जर गर्दै छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैङ्कको प्रतिकित्ता ५४० रुपैयाँमा २ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार होटल र विकास बैङ्कबाहेक सबै परिसूचकको सेयर मूल्य बढेको छ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।