सेयर बजार ७ अङ्क घट्यो, ग्लोबल आईएमईको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

बजार घटे पनि सोमबार ३६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ग्लोबल आईएमई बैंङ्कको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । ग्लोबलको संस्थापक सेयर प्रतिकित्ता १७७ रुपैयाँमा ६ करोड ३९ लाख रुपैयाँको किनबेच भएको छ ।

काठमाडौं । साताको पहिलो दिन सेयर बजार बढेकोमा सोमबार भने ७.४७ अङ्कले घटेको छ । बजार घटेपछि नेप्से परिसूचक १ हजार १५३ मा सीमित भएको छ ।

बजार घटे पनि सोमबार ३६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ग्लोबल आईएमई बैंङ्कको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । ग्लोबलको संस्थापक सेयर प्रतिकित्ता १७७ रुपैयाँमा ६ करोड ३९ लाख रुपैयाँको किनबेच भएको छ । साइन रेसुङा डेभलपमेन्ट बैङ्कको प्रतिकित्ता २३८ रुपैयाँमा १ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । साइन रेसुङाले पूर्णिमा विकास बैङकलाई मर्जर गर्ने भएको छ ।

सोमबार वित्त र उत्पादनबाहेक सबै परिसूचकको सेयर मूल्य घटेको छ । सेयर बजार घट्दा युनाइटेड फाइनान्स लिमिटेड र मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।