नेपाल स्टक एक्सचेन्ज लिमिटेडले शिवम सिमेन्टको ४ करोड ४० लाख र युनिभर्सलको २ करोड १० लाख ३ हजार ५०० कित्ता सेयर मंगलबार सुचिकृत गरेको हो
काठमाडौं । शिवम सिमेन्ट लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेडको ६ करोड ५९ लाख ३ हजार ५०० कित्ता साधारण सेयर (आईपीओ) कारोबारका लागि सुचिकृत भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले शिवम सिमेन्टको ४ करोड ४० लाख र युनिभर्सलको २ करोड १० लाख ३ हजार ५०० कित्ता सेयर मंगलबार सुचिकृत गरेको हो । शिवमले प्रिमियममा प्रतिकित्ता ३०० र युनिभर्सलले १०० रुपैयाँमा आइपीओ निष्कासन गरेका हुन् ।