नाइन एन एएमवाई कलसाइन रहेको जहाज सोमबार बेलुकी ८ः३० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो । कम्पनीसँग थपिएको जहाजसहित सात ओटा एटीआर ७२–५०० तीन ओटा एटीआर ४२–३२० र दुइटा बीचक्राफ्ट १९०० डी विमान छन् ।
काठमाडौं । बुद्ध एयरले एटीआर ७२–५०० भित्र्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुद्ध एयरले आफ्नो १२ औं जहाज फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीद्वारा निर्मित एटीआर ७२–५०० भित्र्याएको जनाएको छ । जहाज लिन बुद्ध एयरबाट गत साता प्राविधिक टोली फ्रान्स गएको थियो ।
नाइन एन एएमवाई कलसाइन रहेको जहाज सोमबार बेलुकी ८ः३० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो । कम्पनीसँग थपिएको जहाजसहित सात ओटा एटीआर ७२–५०० तीन ओटा एटीआर ४२–३२० र दुइटा बीचक्राफ्ट १९०० डी विमान छन् ।
नयाँ जहाजको रङरोगन तथा प्राविधिक कार्यपश्चात् बैशाखबाट उडान गर्नेछ । थपिएको जहाजले नियमित मर्मतसम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने एयरलाइन्सले विश्वास लिएको छ ।
बुध्द एयर आगामी जेठ १३ गतेबाट एटीआर ७२–५०० बाट भारतको कोलकाता पनि उडान गर्नेछ । कम्पनीले भारतीय तथा नेपाली यात्रीहरुका लागि हवाई टिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरेको छ ।