दोस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट बैशाख दुई गतेबाट

तीन लाख २६ हजार रुपैयाँ पुरस्कार राशिको उक्त एकल प्रत्योगितामा देशभरबाट १५० प्रतिस्पर्धीहरु सहभागी गराउने अपेक्षा आयोजकले गरेको छ । टुर्नामेन्टमा ८ देखि १४ वर्षबीचका बालबालिकाहरु सहभागी हुन पाउने छन् ।

काठमाडौं । आईएमई ग्रुपले आगामी बैशाख २ देखि ७ गतेसम्म ‘दोस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट’ आयोजना गर्दैछ । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजना हुनेछ ।

तीन लाख २६ हजार रुपैयाँ पुरस्कार राशिको उक्त एकल प्रत्योगितामा देशभरबाट १५० प्रतिस्पर्धीहरु सहभागी गराउने अपेक्षा आयोजकले गरेको छ ।

टुर्नामेन्टमा ८ देखि १४ वर्षबीचका बालबालिकाहरु सहभागी हुन पाउने छन् । प्रतियोगिताको आवेदन फारम यही चैत ५ गतेदेखि २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आईएमई कम्प्लेक्स पानीपोखरीमा बुझाउन सकिने छ ।

आवेदन फारम माथि उल्लिखित स्थानका अतिरिक्त आईएमई फाउन्डेसनको आधिकारिक वेब पेज ‘डब्ल्यूडब्ल्यूडब्ल्यू डट आईएमई फाउन्डेसन डट ओआरजी’मा धधध।ष्mभायगलमबतष्यल।यचन मा उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।