काभ्रेमा बिप्लव समूह र प्रहरीबीच गोली हानाहान

बिप्लव समूहका कार्यक्रता पक्राउ गर्न काभ्रे पुगेको महानगरीय अपराध महाशाखाको टोली र बिप्लव कार्यक्रर्ताबीच गोली हानाहान भएको हो।

काठमाडौं । काभ्रेको रोशी गाँउपालिकामा प्रहरी र विप्लव माओवादी कार्यकर्ताबिच भिडन्त भएको छ।

रोशी गाउँपालिका–२ फलामे साँघुमा मंगलबार साँझ प्रहरी र बिप्लव समूहका कार्यकर्ताबीच गोली हानाहानम भएको हो। विप्लव कार्यकर्ता रहेको सूचना पाएपछि कार्यकर्ता पक्राउ गर्न काभ्रे पुगेको महानगरीय अपराध महाशाखाको टोलीलाई बिप्लव कार्यकर्ताले गोली चलाएपछि जवाफी कारबाही गर्दा गोली हानाहान भएको हो।

घटनापछि प्रहरीले बिप्लव समूहका एक कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका कार्यकर्तामाथि निगरानी बढाएको छ। फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको हो।

घटनाको बिस्तृत विवरण बिवरण आउन बाँकी छ ।