५३५ करोडको हकप्रद सेयर आउँदै, कसको कति (सूचिसहित)

सबैभन्दा बढी हकप्रद निष्कासन गर्नेमा अपी पावर कम्पनी लिमिटेड रहेको छ । अपीले २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

काठमाडौं । वित्त, उत्पादन, जलविद्युत र बीमा गरी विभिन्न ९ ओटा कम्पनीले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका छन् ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत ती कम्पनीले ५ अर्ब ३५ करोड १३ लाख ९३ हजार ३२१ रुपैयाँ बराबरको ५ करोड ३५ लाख १३ हजार ९३३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

हकप्रद निष्कासन गर्नेमा ३ वटा जलविद्युत कम्पनी छन् । बीमा र वित्तले पुँजी बढाउन, उत्पादन र जलविद्युत कम्पनीले क्षमता विस्तार र आयोजनामा लगानी जुटाउन हकप्रद सेयर निष्कासन गरेका हुन् ।

यी मध्ये ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ । संस्थाले ३२ करोड ७५ लाख रुपैयाँ बराबरको ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।

सबैभन्दा बढी हकप्रद निष्कासन गर्नेमा अपी पावर कम्पनी लिमिटेड रहेको छ । अपीले २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । अपीले हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएको लामो समय बितिसक्दा पनि बोर्डले स्वीकृति दिएको छैन ।

अपीले सोलार र जलविद्युत आयोजनामा लगानी जुटाउन हकप्रद सेयर निष्कासन गरेको जानकारी दिएको छ । अपीले ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८ मेगावाटको नौगाड निमार्णको अन्तिम चरणमा रहेको छ । ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणको तयारी थालेको छ ।

आवेदन दिने मध्ये सबैभन्दा कम हकप्रद निष्कासन गर्नेमा नाग्दी ग्रुप पावर लिमिटेडले १६ करोड ६ लाख ६६ हजार ४४० रुपैयाँ बराबरको १६ लाख ६ हजार ६६४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । नाग्दीले ५ मेगावाटको सिउरीखोला आयोजना सञ्चालन गरिरहेको छ ।

यस्तै श्रीराम सुगर मिल्स लिमिटेडले चिनी उत्पादन क्षमता विस्तारका लागि हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । श्रीरामले ८९ करोड ३ लाख ९४ हजार ९८१ रुपैयाँ बराबरको ८९ लाख ३ हजार ४९ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
वरुण हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । उसले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी लमिटेड, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, सिर्जना फाइनान्स लिमिटेड, मल्टिपर्पोस फाइनान्स कम्पनी लिमिटेडले हककप्रद सेयर निष्कासन गर्न अनुमाति मागेका छन् । निर्जीवन बीमा कम्पनीले १ अर्ब, राष्ट्रियस्तरको वित्त कम्पनीले ८० करोड रुपैयाँ चुत्तापुँजी पुर्याउनु पर्ने छ ।

सेयर बजार निरन्तर ओरालो लागेको र प्रतिफल घट्दै गएपछि कम्पनीका संस्थागत लगानीकर्ता (प्रमोटर) ले हकप्रद सेयर किन्न छाडेका छन् । हकप्रद निष्कासन गर्ने मध्ये अधिकाँशको बिक्री नभएपछि लिलामी हुने गरेको छ । सूचि हेर्न यहाँ क्लिक गर्नुहोस