नाट्टा गण्डकीले मनायो होली (फाेटाे फिचर)

पर्यटन बोर्डको परिसरमा आयोजित उक्त कार्यक्रममा बोल्दै पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले पर्यटनमा सांस्कृतिक विविधताको महत्त्व रहने बताए । उनले सो अवसरमा धर्म, संस्कार तथा संस्कृति हरेक जातजाति, भूगोल र राष्ट्रको पहिचानसँग जोडिने भएकाले सबैले सबैको संस्कृतिको संरक्षण र सम्मान गर्नुपर्ने बताए ।

चिप्लेढुङ्गा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीबीच आत्मीय साटासाट गर्ने उद्देश्यले एक कार्यक्रम गरी होली पर्व मनाएको छ ।

पर्यटन बोर्डको परिसरमा आयोजित उक्त कार्यक्रममा बोल्दै पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले पर्यटनमा सांस्कृतिक विविधताको महत्त्व रहने बताए । उनले सो अवसरमा धर्म, संस्कार तथा संस्कृति हरेक जातजाति, भूगोल र राष्ट्रको पहिचानसँग जोडिने भएकाले सबैले सबैको संस्कृतिको संरक्षण र सम्मान गर्नुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सांस्कृतिक पर्वहरुको महत्त्व र गरिमालाई सबैले आत्मसात् गर्दै एक अर्काबीच आत्मीयता साटेर पर्व मनाउनु पर्ने बताए ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले रङ्ग जस्तै जीवनलाई रङ्गीन र उल्लासमय बनाएर सामाजिक भावनाबाट अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष केदार शर्मा, रेबानका अध्यक्ष भीमसेन भुजेल, नाट्टा गण्डकीका महासचिव हरिराम अधिकारी, कार्यक्रम संयोजक चेतन कार्कीलगायतले आजको दिन विशेषले व्यवसायीबीच एकता कायम गर्दै, पर्यटन प्रवद्धनमा भूमिका खेल्ने बताए ।

नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले व्यावसायिक एकता र भाइचारा कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका पर्यटन व्यवसायी र विदेशी पर्यटकहरुको सहभागिता थियो । तस्बिरः रासस