एयर इन्डियाको जहाज फ्लाइ ओभर सुट

...

एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक रुपमा फ्लाइ ओभर सुट गरिएको छ ।

आज बिहान करिब पौने १० बजे विमानलाई फ्लाइ ओभर सुट गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।

प्राविधिक कारणवश जहाज अवतरण गर्न नसक्ने भएपछि अन्तर्राष्ट्रिय नियमअनुसार फ्लाइ ओभर सुट गर्ने गरिन्छ ।