वाणिज्य बैंक, लघुवित्त, विकास बैंङ्क, सिमेन्ट र जलविद्युत कम्पनीको ८ करोड ११ लाख ५५ हजार ७४४ कित्ता सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । विभिन्न ७ ओटा कम्पनीको सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ । वाणिज्य बैंक, लघुवित्त, विकास बैंङ्क, सिमेन्ट र जलविद्युत कम्पनीको ८ करोड ११ लाख ५५ हजार ७४४ कित्ता सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।
शिवम सिमेन्ट लिमिटेडको ४ करोड ४० लाख र युनिभर्सल पावर कम्पनी लिमिटेडको २ करोड १० लाख ३ हजार ५०० कित्ता साधारण सेयर (आईपीओ) सुचिकृत भएको हो ।
यस्तै एनएमबी बैंकको ८७ लाख ४३ हजार ७८४, सिटिजन्स बैंकको २९ लाख १४ हजार ४५७, बुटबल पावर कम्पनी लिमिटेडको २२ लाख १८ हजार ८३४, साना किसान विकास बैंङ्कको १५ लाख ७२ हजार डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ३ हजार १०० कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।
एनएमबी, सिटिजन्स, बुटवल पावर, साना किसान र डिप्रोक्सले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका थिए । शिवम र युनिभर्सलले आईपीओ निष्कासन गरेका हुन ।