बोर्डले गत कार्तिकबाट उपत्यका बाहिरका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीबाट आवेदन दिन सक्ने व्यवस्था गरेकोमा थप स्थानबाट पनि आवेदन लिन व्यवस्था गरेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले निष्कासनपछि बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा काठमाडौं उपत्यका बाहिरबाट पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
बोर्डले गत कार्तिकबाट उपत्यका बाहिरका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीबाट आवेदन दिन सक्ने व्यवस्था गरेकोमा थप स्थानबाट पनि आवेदन लिन व्यवस्था गरेको हो ।
प्रदेश नम्बर १ को विराटनगर र विर्तामोड, प्रदेश नम्बर २ को वीरगञ्ज र जनकपुर, प्रदेश नम्बर ३ को हेटौंडा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा र वाग्लुङलाई तोकिएको बोर्डले जनाएको छ ।
यस्तै प्रदेश नम्बर ५ को बुटवल, घोराही र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेतर सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर लाई तोकिएको छ । यसबाट हकप्रद निष्काशन पछि बिक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिन सक्ने तथा धितोपत्र बजारको क्षेत्र अझ विस्तार हुने बोर्डको भनाई छ ।