मनाङमा ११ अर्ब लगानीमा स्की रिसोर्ट खुल्ने, वैदेशिक लगानी खोज्दै सरकार

४० बेडको लक्जरी रिसोर्ट हिमाली होटल र दश लक्जरी क्लब लजमा विभाजित हुने बोर्डले जनाएको छ । हिमाली होटलमा लक्जरी सुटदेखि प्रिमियम सुटसम्मका कोठाहरु अतिरिक्त , मल्टी क्रुसाइन रेस्टुरेन्ट, आर्ट वैठक कक्ष, बैंक्वेट हल, हिटेड पुलसहितको हेल्थ क्लब, स्पा , सौना र अन्तर्राष्ट्रिय स्तरको व्याक्तिगत सेवासुविधाहरु रहने छन् । साथै निजी लज र एक्सक्लुसिभ रिट्रिट पनि रिसोर्टमा रहने छ ।

काठमाडौं । हिमालपारीको जिल्ला मनाङमा ११ अर्ब रुपैया (१० करोड अमेरिकी डलर) लगानीमा स्की रिसोर्ट खुल्ने भएको छ । लगानी बोर्डले आसन्न लगानी सम्मेलनमा स्की रिसोर्टमा वैदेशिक लगानी हुने गरी अगाडी बढाएको हो ।

रिसोर्ट वर्षभरी नै सञ्चालन हुने र सम्पूर्ण उमेर वर्गलाई समेट्ने लक्ष्य लिएको छ । लगानी सम्मेलनका लागि लगानीकर्तालाई आकर्षित गर्न सरकारले स्की रिसोर्टलाई अघि सारेको हो । सम्मेलनमा आउने लगानीकर्ताले आवश्यकता अनुसार यो आयोजना छान्न सक्ने छन् ।
बोर्डले रिसोर्ट सञ्चालनका लागि परामर्शदाता नियुत्तीको तयारी थालेको छ । परामर्शदाताको आशयपत्र मागी हाल अध्ययन भइरहेको छ ।

यसबाट मौसमी पाहुनाहरुमाथि मात्र निर्भर रहेको गुनासालाई सम्बोधन हुने छ । ४० बेडको लक्जरी रिसोर्ट हिमाली होटल र दश लक्जरी क्लब लजमा विभाजित हुने बोर्डले जनाएको छ । हिमाली होटलमा लक्जरी सुटदेखि प्रिमियम सुटसम्मका कोठाहरु अतिरिक्त , मल्टी क्रुसाइन रेस्टुरेन्ट, आर्ट वैठक कक्ष, बैंक्वेट हल, हिटेड पुलसहितको हेल्थ क्लब, स्पा , सौना र अन्तर्राष्ट्रिय स्तरको व्याक्तिगत सेवासुविधाहरु रहने छन् । साथै निजी लज र एक्सक्लुसिभ रिट्रिट पनि रिसोर्टमा रहने छ ।

पाहुनाहरुको इच्छा अनुसारको सेवा प्रदान गरिने र हिमालयको काखमा फरक अनुभव प्रदान तर्फ रिसोर्टले ध्यान दिने उल्लेख छ ।
सार्वजनिक नीजि साझेदारीमा खुल्ने रिसोर्टमा सरकारले भूमि ,परियोजना सुरक्षा र कानुनी सुरक्षाका साथै समीक्षा र निरीक्षण गर्ने छ भने निजी क्षेत्रले योजनाको डिजाइन, निर्माण, लगानी र तोकिएको समयमा आयोजना सक्ने गरी काम गर्नुपर्ने छ । रिसोर्ट सञ्चालनमा आएको ३० बर्षसम्म नीजि क्षेत्रको जिम्मामा हुने छ भने त्यसपछि सरकारलाई हस्तारण गर्नुपर्ने छ । सम्झौता भएको ५ बर्षभित्र निर्माण सम्पन्न गरी सक्नु पर्ने छ ।

रिसोर्टसँगै स्की टो

सिस्टम स्की क्लब पनि सञ्चालन हुने छ । स्की क्लबमा आउने पाहुनाहरुलाई मनोरन्जन प्रदान गर्न स्की टो सम्बन्धी धेरै सेवाहरु प्रदान गर्नेछ । चेयरलिष्ट , मेजिक कार्पेट, आउटडोर विन्टर र समर टेरेस, सम्पूर्ण तहका स्की खेल प्रेमीका लागि आरोलो क्षेत्र, दैनिक वा सप्ताहगतरुपमा लकेट रेन्टल, हिमालमा बाइक कुदाउन भाडाको सेवा, हाइकिङ गोरेटो, रेस्टुरेन्ट र सट्टल सेवा दिनेछ ।

हिउँ बनाउने प्रणाली

मनाङ क्षेत्रमा हिमपात मौसमी हुने भएको कारण पर्यटनलाई वर्षैभरी आकर्षित गर्न हिउ बनाउने प्रणाली इन्स्टल गरिनेछ ।
हाइकि र ट्रेकिङ गोरेटो अन्नपूर्ण सर्किट विश्वको एउटा लोकप्रिय पैदलयात्रा क्षेत्र हो जहाँ ८ हजार मिटरमाथिका विश्वका अग्ला पहाडहरु रहेका छन् । कालीगण्डकी ंउपत्यकाले विश्वभरीका पर्यटक र नेपालका ६० प्रतिशत पैदलयात्री पर्यटकलाई लोभ्याउने गरेको छ ।

माथिल्लो मनाङ अन्नपूर्ण सर्किटकै भाग हो । माथिल्लो मनाङ क्षेत्रको ट्रेकिङ गोरेटोमा विभिन्न सुविधाहरु रहेका छन् । रिसोर्टमा चिया घर, स्थानीय रेस्टुरेन्ट, स्थानीय लज र साधारण सुविधा । यी सेवाहरु अपग्रेड हुनसक्छन् ।