कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरका ३७ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीको जारीपुँजी २ अर्ब ४७ करोड रुपैयाँ छ ।
काठमाडौं । माग भन्दा अधिक आवेदन परेपछि त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) सोमबार बैंङ्किङ्ग समयपछि बन्द हुने भएको छ । जनताको जलविद्युत कार्यक्रम अन्र्तगत त्रिशुलीले गत बिहीबारदेखि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरका ३७ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीको जारीपुँजी २ अर्ब ४७ करोड रुपैयाँ छ ।
आईपीओ खरिदका लागि आवेदनसहित प्रतिकित्ता १० रुपैयाँ मात्र भुक्तानी गर्नुपर्ने छ । आयोजनाको ७५ प्रतिशत भौतिक प्रगति भएपछि मात्र ९० रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।
न्यूनतम १०० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने ग्लोबल आईएमईले जनाएको छ । निर्माण अवधिको ब्याजसमेत गरी आयोजनाको लागत प्रतिमेगावाट २२ करोड २३ लाख ६३ हजार रुपैयाँ छ । निमार्ण अवधिको ब्याजबाहेक ३७ मेगावाटको आयोजना बनाउन ७ अर्ब ४४ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
त्रिशूलीमा नेपाल विद्युत प्राधिकरणको ३० र नेपाल टेलिकमको ३० गरी ६० प्रतिशत संस्थापक स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ । ४० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने कम्पनीले जनाएको छ ।