नेपाल धितोपत्र बोर्डले रसुवागढीलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
काठमाडौं । सुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले रसुवागढीलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले रसुवामा १११ मेगावाट क्षमताको रसुवागढी आयोजना निर्माण गरिरहेको छ ।
रसुवागढी चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सहायक संस्था हो । आयोजनाको काम ७० प्रतिशत सकिएको छ । बाँकी ३० प्रतिशतका लागि काम भइरहेको चिलिमेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) माधव कोईरालाले बताए ।