सान्जेन जलविद्युत कम्पनीले आईपीओ ल्याउने, ५४ करोड ७५ लाखको निष्कासन गर्ने

सान्जेनले चुत्तापुँजीको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । सान्जेनको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नागरिक लगानी कोष रहेको छ ।

काठमाडौं । सार्वजनिक निजी साझेदारीमा स्थापना भएको सान्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार आईपीओ निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो ।

सान्जेनले चुत्तापुँजीको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । सान्जेनको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नागरिक लगानी कोष रहेको छ ।

कम्पनीले रसुवा जिल्लामा ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको तल्लो सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । दुई आयोजनाको जडित क्षमता ५८ मेगावाट छ । सान्जेन चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सहायक संस्था हो ।

माथिल्लो सान्जेनको काम ७५ र तल्लो सान्जेनको काम ६० प्रतिशत सकिएको चिलिमेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) माधव कोईरालाले बताए ।