नेप्से परिसूचकसँगै कारोबार रकममा समेत देखिएको अस्थिरता सेयर लगानीकर्ता अन्योलमा देखिएको भए पनि गत साताको सुधारले सकारात्मक बनाएको थियो । आइतबार कारोबार सुरु हुँदा १४११.५२ अङ्कमा रहेको नेप्से १.०१ अङ्कले घटेर १४१०.५१ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि साढे एक अङ्क झरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको सुधार यो साताको पहिलो दिन रोकिएको छ । गत साताभर करिब ७ अङ्कले बढेको नेप्से सूचक आइतबार समान्य अङ्कले घटेको हो ।
आइतबार सेयर बजार सूचक घटेको भए पनि कारोबार रकम भने ५ करोडभन्दा धेरैले बढेको छ । कारोबर रकममा आएको क्रमिक सुधारले लगानीकर्ता बजारमा फर्केको हुन सक्ने सङ्केत गरेको छ ।
गत साताको सुरुवाती दिनमा घटेको नेप्से पछिल्ला दिनमा बढेको थियो । तर, कारोबार रकममा कमी आएको थियो । यो साताको पहिलो दिन कारोबार रकम बढेर ४६ करोड पुग्दा नेप्से सूचक एक अङ्कले घटेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत देखिएको अस्थिरता सेयर लगानीकर्ता अन्योलमा देखिएको भए पनि गत साताको सुधारले सकारात्मक बनाएको छ ।
आइतबार कारोबार सुरु हुँदा १४११.५२ अङ्कमा रहेको नेप्से १.०१ अङ्कले घटेर १४१०.५१ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि साढे एक अङ्क झरेको छ ।
आइतबार कारोबार सुरु हुँदा बढेको नेप्से कारोबार समय बित्दै जाँदा क्रमिक रुपमा घट्न थालेको थियो । नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक नकारात्मक भए पनि समग्र बजार सूचक घटेको हो ।
आइतबार नेप्सेमा बैङ्क, विकास बैङ्क तथा अन्य समूहमा सुधार आएको भए पनि त्यसको प्रभाव समग्र बजार सुचकमा पर्न सकेन । नेप्सेका कारोबार भएका बिमा ३५.९८, होटल ३२.८२, वित्त ५.५६, लघुवित्त समूह ३.४३, उत्पादनमूलक १५.७९, व्यापार समूह ०.८४ र जलविद्युत् समूह मात्र १४.५९ अङ्कले घटेका छन् । तर, बैङ्क २.०४, विकास बैङ्क ४.६५ र अन्य समूह ०.६४ अङ्कले बढेका छन् ।
आइतबार नेप्सेको कारोबार रकममा भने सुधार आएको छ । नेप्सेमा १६३ कम्पनीको ४ हजार ७ सय ४५ कारोबारबाट ४६ करोड ६४ लाख रुपैयाँबराबरको ११ लाख ४१ हजार एक सय ५ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम गत साताको अन्तिम दिन बिहीबारको तुलनामा धेरै भए पनि नेप्सेको औसत दैनिक कारोबारभन्दा धेरै कम हो ।