टीआईएमा आन्तरिकतर्फ पनि ‘ह्याप्पी बेबी जोन’

बेबी जोनभित्र बच्चालाई राख्न, सुताउन र खेलाउनका लागि विशेष ठाउँ बनाइएको छ । त्यहाँ टीभीसमेत राखिएको छ, जसले जहाज उडानको तालिका सहजै रुपमा बेबी जोनमा रहेका आमाहरुले थाहा पाउने र आमाहरु ढुक्कका साथ त्यहाँ बस्न सकिने महाप्रबन्धक क्षेत्रीको विश्वास छ । हिमालय हर्बलको सहयोगमा विमानस्थलमा बेबी जोन स्थापना भएको हो ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)ले आन्तरिकतर्फ पनि बेबी जोनको स्थापना गरेको छ । सुत्केरी आमा र बच्चालाई ध्यानमा राख्दै विमानस्थलले सोमबारबाट बेबी जोन सञ्चालनमा ल्याएको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बेबी जोनको उद्घाटन गरेका छन् । यसअघि विमानस्थलले अन्तर्राष्ट्रिय उडानतर्फ बेबी जोन सञ्चालन गरिसकेको छ ।

जहाजको पर्खाइमा रहेका बेला बच्चालाई राख्न र दूध खुवाउनका लागि समस्या नहोस् भन्ने उद्देश्यका साथ विमानस्थलभित्रै बेबी जोन सञ्चालनमा ल्याइएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । जहाज पर्खाइमा रहेका बेला बच्चालाई सुताउन र सुत्केरी आमाहरुलाई आराम गर्न सो कक्ष प्रयोग गर्न सकिने उनले बताए ।