लघुवित्तबाहेक बैङ्किङ, होटल, जलविद्युत्, वित्त, बिमा र उत्पादनलगायत सबै परिसूचक हरियाली भएको छ ।
काठमाडौं । सेयर बजार सामान्य अङ्कले बढेको छ । मङ्गलबार बजार दुई अङ्कले बढेको छ । सोमबार ६ अङ्कले बजार बढेको थियो । लघुवित्तबाहेक बैङ्किङ, होटल, जलविद्युत्, वित्त, बिमा र उत्पादनलगायत सबै परिसूचक हरियाली भएको छ ।
मङ्गलबार २१ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैङ्कको संस्थापक (प्रमोटर) सेयर किनबेच भएको छ । प्रतिकित्ता १२० रुपैयाँमा १ करोड ५८ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सेचन्जले जनाएको छ ।
यस्तै एनएमबी बैङ्कको प्रतिकित्ता ३२५ रुपैयाँमा ९६ लाख ४४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।