वाइडबडी जहाजलाई ‘पार्किङ वे’’बाट ‘ह्याङ्गर’मा लैजाने क्रममा ह्वील लक भएपछि कतार एयरवेज, थाई एयवेजलगायतका अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित भएका थिए ।
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान ३३० (अन्नपूर्ण) तान्ने गाडी (टो भेहिकल बार)को ह्वील लक भएपछि तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन भएको छ ।
वाइडबडी जहाजलाई ‘पार्किङ वे’’बाट ‘ह्याङ्गर’मा लैजाने क्रममा ह्वील लक भएपछि कतार एयरवेज, थाई एयवेजलगायतका अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित भएका थिए ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले ट्याक्सी वेमा रहेको टो भेहिकलको ह्वील लक हुँदा केही समय उडान प्रभावित भएको बताए । उनले हाल समस्या समधान भइसकेको बताउँदै नियमित रुपमा उडान सुरु भएको जानकारी दिए ।
यती एयरलाइन्सका सिनियर म्यानेजर भीम राईले विमानस्थलका कारण उडान अवरुद्ध भएको बताए । यतीले एक सूचना प्रकाशन गरी उडान र अवतरणमा समस्या आएकोमा माफी मागेको छ ।