एउटा रिपोर्टअनुसार २०१६ को तुलनामा १६ प्रतिशत बढी धनकुबेरहरुले भारतको नागरिकता त्यागेर अरु नै देशका नागरिक बनेका छन् । न्यु वर्ल्ड वेल्थको रिपोर्टअनुसार २०१७ मा ७ हजार अति धनाढ्य भारतीयहरुले अर्कै देशको नागरिकता लिएका छन् ।
गत वर्ष भारतबाट ७ हजार उच्च धनाढ्यहरु अन्य देशमा पलायन भए । चीनपछि धनकुबेरहरुले देश छोडेको यो दोस्रो ठूलो आँकडा हो । एउटा रिपोर्टअनुसार २०१६ को तुलनामा १६ प्रतिशत बढी धनकुबेरहरुले भारतको नागरिकता त्यागेर अरु नै देशका नागरिक बनेका छन् । न्यु वर्ल्ड वेल्थको रिपोर्टअनुसार २०१७ मा ७ हजार अति धनाढ्य भारतीयहरुले अर्कै देशको नागरिकता लिएका छन् ।
सन् २०१६ मा यो आँकडा ६ हजार थियो भने २०१५ मा ४ हजार धनकुबेरहरुले अरु नै देशको नागरिकता लिएका थिए । हुन त यो मामलामा चीनलाई सबैभन्दा ठूलो क्षति भएको छ । सन् २०१७ मा चीनका दस हजार अति धनी व्यक्तिहरुले अर्कै देशको नागरिका ग्रहण गरे । चीन र भारतपछि टर्कीका ६ हजार, बेलायतका ४ हजार, फ्रान्सका ४ हजार र रुसका ३ हजार धनकुबेरहरु पलायन भए ।
माइग्रेशन प्रवृत्तिको कुरा गर्दा भारतबाट पलायन हुने व्यक्तिहरुको पहिलाे रोजाइ अमेरिका हुने गर्छ । यसका अतिरिक्त यूएई, क्यानडा, अस्ट्रेलिया, र न्युजिल्यान्ड जस्ता देश पलायन हुने भारतीय धनकुबेरहरुको रोजाइमा पर्छन् । उता चिनी धनकुबेरहरु अमेरिका, क्यानडा र अस्ट्रेलिया जस्ता देशमा पलायन भए । रिपोर्ट भन्छ,– भारत र चीनका लागि धनकुबेरहरु देशबाट पलायन हुनु चिन्ताको विषय होइन, किनकि जति सङ्ख्यामा यहाँबाट पलायन भइरहेका छन्, त्योभन्दा बढी सङ्ख्यामा नयाँ अर्बपतिहरु जोडिँदै छन् ।
पीटीआई