सोलो उडानका लागि अनुमति लिए पनि नेपालको भूबनोटलाई मध्यनजर नै नगरेका कारण दुर्घटना भएको निष्कर्ष क्यानले निकालेको थियो ।
काठमाडौं । पोखरामा २० दिनपछि सोलो प्याराग्लाइडिङ उडान सुरु भएको छ । सोलो उडानमा दुर्घटना बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान बन्द गरेको थियो ।
सोलो उडानका लागि अनुमति लिए पनि नेपालको भूबनोटलाई मध्यनजर नै नगरेका कारण दुर्घटना भएको निष्कर्ष क्यानले निकालेको थियो ।
कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुङ्गा र डिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ । फागुन अन्तिम सातामा भएको सोलो प्याराग्लाइडिङ दुर्घटनामा परी २ जना विदेशीको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए ।