सफ्टवेयरमा समस्या : भएन सेयर कारोबार

स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोबारमा समस्या आएको र समय थप गरेर भए पनि कारोबार गराउने तयारी गरिएको बताए । उनले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी दिए । 

काठमाडौँ । प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको सेयर कारोबारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि सेयर कारोबारमा समस्या देखिएको हो ।

स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोबारमा समस्या आएको र समय थप गरेर भए पनि कारोबार गराउने तयारी गरिएको बताए । उनले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी दिए ।

कालिका सेक्युरिटीजका प्रमुख नरेन्द्र सिजापतिले प्राविधिक समस्याका कारण आज सेयर खरीद बिक्री गर्न नसकिएको जानकारी दिए । उनले पनि सफ्टवेयरका कारण कारोबारमा उल्झन देखिएको गुनासो गरे । रासस