विवादित ७३७ म्याक्स विमानको सुरक्षा प्रणालीमा परिवर्तन ल्याउने बोइङको घोषणा

पछिल्लो पटक इथोपियामा सो मोडलको विमान दुर्घटनामा परेपछि विश्वका विभिन्न मुलुकले बोइङ विमानका यो मोडललाई ग्राउन्ड गरेका छन् । कम्पनीले परिवर्तन जारी गरेपछि विश्वभरि ग्राउन्ड गरिएका ती विमान कहिलेबाट उड्न पाउँछन् भन्ने स्पष्ट भएको छैन ।

एजेन्सी । बोइङ कम्पनीले आफ्नो ७३७ म्याक्स विमानको विवादित कन्ट्रोल सिस्टममा परिवर्तनबारे बताएको छ । बितेका पाँच महिनाभित्र सो मोडलका दुई ओटा विमान दुर्घटनामा परेपछि बोइङले यसमा परिवर्तन गरेको बताएको हो ।

पछिल्लो पटक इथोपियामा सो मोडलको विमान दुर्घटनामा परेपछि विश्वका विभिन्न मुलुकले बोइङ विमानका यो मोडललाई ग्राउन्ड गरेका छन् । कम्पनीले परिवर्तन जारी गरेपछि विश्वभरि ग्राउन्ड गरिएका ती विमान कहिलेबाट उड्न पाउँछन् भन्ने स्पष्ट भएको छैन ।

अपग्रेडका रुपमा बोइङले एउटा चेतावनी प्रणाली इन्स्टल गर्नेछ जुन पहिले विमानमा एउटा वैकल्पिक सुरक्षा फिचर थियो । इन्डोनेसियामा दुर्घटना भएको लायन एयर र इथोपियाको इथोपियन एयरलाइन कुनैले पनि त्यस्तो प्रकारको अलर्ट सिस्टम बोकेका थिएनन् । सेन्सरले कुनै किसिमको विवादास्पद रिडिङ गरे यो सिस्टमले विमानचालकलाई चेतावनी दिने गर्दछ ।

साथै बोइङले त्यस्तो सुरक्षा प्रणाली इन्स्टल गरेबापत आगामी दिनमा एयरलाइनलाई कुनै अतिरिक्त चार्ज नगर्ने पनि बताएको छ ।