नगद लाभांशको प्रस्ताव गरेपछि लगानीकर्ता झुम्मिए शिवम सिमेन्टमा, सेयर मूल्य पनि बढ्यो

उद्योगको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

काठमाडौं । नगद लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता शिवम् सिमेन्ट लिमिटेडमा झुम्मिएका छन् । हालसालै साधारण सेयर (आईपीओ) निष्कासन गरेको शिवमले सेयरधनीलाई नगद लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता लोभिदा सबै भन्दा बढी कारोबार भएको हो ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १५ रुपैयाँ ७८ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको हो । लगानी गर्नसाथ सेयरधनीले शिवमबाट लाभांश पाउने भएका छन् ।

कम्पनीको प्रतिकित्ता ३३३ रुपैयाँमा २ करोड ६२ लाख ८४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । शिवमका् ७८ हजार ४५० कित्ता सेयर किनबेच भएको छ ।

उद्योगको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको चुत्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीले हालै सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो । वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।