एनआरएनका अध्यक्ष भवन भट्टले बिमानस्थलको आगमन र प्रस्थान कक्षमा गैर आवासीय नेपालहरुको लागि छुट्टै अध्यागमन डेस्क स्थापना गरीएको जानकारी दिए ।
काठमाडौं । गैर आवासीय नेपाली(एनआरएन)का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(टिआइए) मा अध्यागमन डेस्क स्थापना गरिएको छ ।
एनआरएनका अध्यक्ष भवन भट्टले बिमानस्थलको आगमन र प्रस्थान कक्षमा गैर आवासीय नेपालहरुको लागि छुट्टै अध्यागमन डेस्क स्थापना गरीएको जानकारी दिए । अध्यागमन डेस्क को बिहिबार उद्धघाटन गरिएको छ । अध्यागमन विभागले सम्मेलनमा सहभागी हुन आउने एनआरएनको सजिलोका लागि यो ब्यवस्था गरिएको जनाएको छ ।