क्यापिटलसँग शशिकान्त

चिनीको भन्सार दर बढ्दैमा उपभोक्ता मूल्य बढ्दैन । किनकि, भन्सार दर बढाउनेबित्तिकै स्वदेशी उद्योगले उत्पादन गरेको चिनीको खपत बढ्छ । स्वदेशी उद्योगले अहिलेकै मूल्यमा चिनी बेच्छन् । त्यसो हुँदा उपभोक्ताले आयातित चिनीभन्दा स्वदेशी उत्पादन नै प्रयोग गर्छन् ।

उत्पादनमुलक, सेवामूलक तथा विभिन्न व्यवसायमा सक्रिय रुपमा लागेका व्यवसायी हुन् शशिकान्त अग्रवाल । नेपाल चिनी उत्पादक सङ्घका अध्यक्षसमेत रहेका अग्रवालसँग क्यापिटल नेपालले गरेको कुराकानीको सार :

केही समयदेखि तपार्इंहरु चिनीको भन्सार बढाउन उच्च तहको ‘लबिइङ’मा जुट्नु भएको छ । चिनीको भन्सार बढाउनैपर्ने कारण के हो ?

नेपालमा चिनीको माग जति छ, त्योभन्दा बढी उद्योगको उत्पादन क्षमता छ । अहिले उद्योगले आफ्नो क्षमताको ५० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । यदि उद्योगले आफ्नो क्षमतालाई पूर्ण रुपमा कार्यान्वयमा ल्याए भने, नेपालको मागलाई पूर्ति गरेर पनि निर्यातको सम्भावना हुन्छ ।

तर, अहिले नेपालमा भारतबाट सस्तो भन्सारदरमा चिनी आयात भएकाले नेपाली उद्योग तथा उखु किसान मर्कामा परेका छन् । किसान तथा उद्योगीलाई बचाउनकै लागि अहिलेको भन्सारलाई बढाएर ५० प्रतिशत पु¥याउन सरकारसँग आग्रह गरेको हो ।

सस्तो भन्सारदरमै चिनी आयात भएकाले उपभोक्ताले सस्तो मूल्यमा चिनी उपभोग गर्न पाएका छन् । तर, भन्सार दर वृद्धि हुनेबित्तिकै चिनीको मूल्य बढ्छ । यसले उपभोक्तालाई झन असर गर्छ नि ?

चिनीको भन्सार दर बढ्दैमा उपभोक्ता मूल्य बढ्दैन । किनकि, भन्सार दर बढाउनेबित्तिकै स्वदेशी उद्योगले उत्पादन गरेको चिनीको खपत बढ्छ । स्वदेशी उद्योगले अहिलेकै मूल्यमा चिनी बेच्छन् । त्यसो हुँदा उपभोक्ताले आयातित चिनीभन्दा स्वदेशी उत्पादन नै प्रयोग गर्छन् । यदि चिनी आयातकर्ताले चिनीको मूल्य बढाए भने पनि स्वदेशी उद्योग बढाउँदैनन्, त्यसकारण पनि उनीहरुले स्वदेशी मूल्यमै चिनी बेच्न बाध्य हुन्छन्, र चिनीको उपभोक्ता मूल्य बढ्दैन । र अर्को कुरा आयातीत चिनी र स्वदेशी उत्पादनबीच प्रतिस्पर्धा हुन्छ । बाध्य भएर आयातकर्ताले मूल्य बढाउने आँट गर्दैनन्, यदि बढाए भने उनीहरुको चिनी बिक्री हुँदैन ।

अहिले पनि वार्षिक झन्डै ७५ हजार टनभन्दा बढी चिनी १५ प्रतिशत भन्सार दरमा नेपाल भित्रिएको छ । यसैको भन्सार दर बढाउन माग गरेको कि साल्ट्र ट्रेडिङले एक प्रतिशत भन्सार तिरेर ल्याउने चिनीको भन्सार पनि बढाउन माग गरेको हो ?

सरकारी स्वामित्वको साल्ट्र टे«डिङलाई एक प्रतिशत भन्सार दरमै चिनी आयात गर्न दिए हुन्छ । त्यसमा हाम्रो केही आपत्ति छैन । अन्य आयातकर्ताले ल्याउने चिनीको भन्सार दरलाई ५० प्रतिशत पु¥याउन माग गरेको हो । साल्ट्र ट्रेडिङले ‘चेक एन्ड ब्यालेन्स’का रुपमा काम गर्ने भएकाले उसलाई एक प्रतिशत भन्सार दरमै चिनी ल्याउन दिनुपर्छ । त्यसले एक प्रकारको मूल्यमा एकरुपता ल्याएको छ । तर, अन्य आयातकर्ताले ल्याउने चिनीमा भन्सार बढाउन माग गरेको हो ।

एकातिर तपाईंहरु उखु किसानको संरक्षणको कुरा गर्नुहुन्छ । फेरि तपाईंहरु नै समयमा किसानलाईं उखुको भुक्तानी नदिने पनि गरिरहनुभएको छ । तपाईंकै कुरामा सामञ्जस्य देखिएन नि ?

तपाईंले भनेको केही हदसम्म सत्य हो । उखुको भुक्तानीमा केही समस्या देखिएको छ । त्यसमा उद्योगीको केही कमजोरी भएको छ । तर, त्यसलाई सुधार्ने प्रयास गरिरहेकै छौ । तर, यसो भन्दैमा भन्सार दर बढाएर उद्योगी र किसानलाई संरक्षण नगर्ने हो भने, आगामी दिनमा शतप्रतिशत चिनी आयात गर्ने मुलुकमा पनि सूचीकृत गर्नुभएन नि ।
नेपालका उखु किसान र उद्योगी बचाउन सरकारको प्रमुख दायित्व हो । त्यसमा सरकारले काम गर्नुपर्छ । र अब रह्यो किसान र उद्योगीबीचको समस्या । त्यसका लागि एउटा बोर्ड गठन गरौँ, त्यसलाई यसको सम्पूर्ण अधिकार दियौँ, अनि समस्या आफै समाधान हुन्छ । यो विषय ठूलो होइन, तर भोलिका दिनमा सम्पूर्ण चिनी भारत तथा तेस्रो मुलुकबाट ल्याउनुपर्यो भने देशबाट कति पैसा बाहिरिन्छ ? त्यो हामीले ख्यालै गरेका छैनौं ।