३ ओटा बैंङ्कको १ करोड ४४ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

१ करोड ४४ लाख ३९ हजार ५१६ कित्ता बोनस सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ ।

काठमाडौं । विभिन्न ३ ओटा बैंङ्कको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् ।

बैंङ्क अफ काठमाण्डु, सिद्धार्थ बैंङ्क र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ करोड ४४ लाख ३९ हजार ५१६ कित्ता बोनस सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ ।

जसमध्ये बैंङ्क अफ काठमाण्डुको ९९ लाख २ हजार ५४, सिद्धार्थको ४२ लाख ३२ हजार १९२ र नेसनलको ३ लाख ५२ हजार ७७९ कित्ता रहेको नेप्सेले जानकारी दिएको छ । ३ ओटै कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएका थिए ।