५७ कम्पनीको १७ अर्ब ३५ करोड बराबरको बोनस सेयर दर्ता, कसको कति (सूचिसहित)

बोनस सेयर दिनेमा बैंङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी जलविद्युत र होटल रहेका छन । बैंङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीले चुत्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिएका हुन ।

काठमाडौं । आर्थिक वर्ष सुरु भएपछि साउनयता विभिन्न ५७ कम्पनीको बोनस सेयर दर्ता भएको छ । कम्पनीको १७ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ बराबरको १७ करोड ९५ लाख ४९ हजार कित्ता बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।

बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भई कारोबार सुरु भइसकेको छ । कम्पनीले गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएका हुन । बोनस सेयर दिनेमा बैंङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी जलविद्युत र होटल रहेका छन । बैंङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीले चुत्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिएका हुन ।

बोनस सेयरको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस

रकमका आधारमा सबैभन्दा बढी बोनस सेयर दिनेमा हिमालयन बैंङ्क छ । बैंङ्कले सेयरधनीलाई २५ प्रतिशत अर्थात १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता बोनस सेयर दिएको छ । सबैभन्दा कम बोनस सेयर सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले दिएको छ । सूर्योदयका ७५ लाख रुपैयाँका बोनस सेयर सूचीकृत भएको बोर्डले जनाएको छ ।

प्रतिशतका हिसावमा सबैभन्दा बढी बोनस सेयर दिनेमा कावेली विकास बैंङ्क भएको छ । कावेलीले सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर दिएको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेड रहेको छ । श्री इन्भेष्टमेन्टले सेयरधनीलाई २६.५७ प्रतिशत अर्थात १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर दिएको छ । सबैभन्दा कम बोनस सेयर दिनेमा हाम्रो विकास बैंङ्क रहेको छ । हाम्रो विकासले २.४ प्रतिशत मात्र बोनस सेयर दिएको बोडले जनाएको छ ।

यस्तै एनएमबी बैङ्कको १ अर्ब १४ करोड रुपैयाँ बराबरका १ करोड १४ लाख कित्ता, मेगा बैकको ९९ करोड ६६ लाख रुपैयाँ बराबरका ९९ लाख ६६ हजार कित्ता, सिद्धार्थ बैंङ्कको ९५ करोड ५६ लाख रुपैयाँ बराबरका ९५ लाख ५६ हजार कित्ता, बैंङ्क अफ काठमाण्डूको ८२ करोड ७५ लाख रुपैयाँ बराबरका ८२ लाख ७५ लाख कित्ता र सेन्चुरी कमर्सियल बैंङ्कको ३८ करोड ३९ लाख रुपैयाँ बराबरका ३८ लाख ३९ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन ।

यसैगरी कालिका लघुवित्त वित्तीय संस्थाको २१.२१ प्रतिशत, गण्डकी विकास बैंङ्कको १९.३१, युनाइटेड फाइनान्सको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएका छन् । समिट लघुवित्त वित्तीय संस्थाको १७, कामना सेवा विकास बैङ्को १७, एनएमबी बैङ्कको १५ तथा ओरियन्टल होटलको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएका छन ।

यस्तै महालक्ष्मी विकास बैंङ्क, नागरिक लगानी कोष, पोखरा फाइनान्स, एनआइसी एसिया बैंङ्क, रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमामाई हाइड्रोपावर लिमिटेड, गरिमा विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड लगायत ४४ कम्पनी छन् ।

बुटवल पावर कम्पनी लिमिटेड, सिटिजन्स बैंङ्क, सिद्धार्थ बैंङ्क र ग्लोबल आईएमई बैंङ्कको बोनस सेयर बोर्डमा दर्ता भएको छ । गत आर्थिक वर्षमा ३३ अर्ब रुपैयाँ बढी बोनस सेयर वितरण भएको थियो ।