फेवा महोत्सवको निम्तो बाँड्दै पश्चिमाञ्चल होटल संघ

जाउँ है पोखरा अभियान अन्तर्गत उनिहरु देशका विभिन्न भागमा निम्तो बाड्दै शनिबार काठमाडौं आइपुगेको हो । संघले देशका विभिन्न सहरमा पुगेर निम्तो बाँडिरहेको छ ।

काठमाडौं । नयाँ बर्षको अवसरमा आयोजना हुन लागेको फेवा महोत्सव २०७६ को निम्तो बाँड्न पश्चिमाञ्चल होटल संघ काठमाडौंमा आइपुगेको छ ।

जाउँ है पोखरा अभियान अन्तर्गत उनिहरु देशका विभिन्न भागमा निम्तो बाड्दै शनिबार काठमाडौं आइपुगेको हो । संघले देशका विभिन्न सहरमा पुगेर निम्तो बाँडिरहेको छ ।

नेपाली संस्कृति, खाना र संगीतको प्रबद्र्धन गर्ने उद्धेश्य सहित संघले चैत्र २९ देखि बैशाख १ गतेसम्म पोखराको फेवा ताल किनारस्थित कोमागाने पार्कमा हुने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ सञ्चालन हुने भएको छ ।

आन्तरिक पर्यटन प्रर्बद्धन गर्दै फेवा तालको संरक्षण गर्ने उद्धेश्य पनि महोत्सवले लिएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । उनले महोत्सवबाट उठेको केहि रकम फेवाताल संरक्षणमा गर्ने बताए ।

गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटन बर्ष २०१९ र भ्रमण बर्ष २०२० लाई सफल बनाउन पनि यो महोत्सवले थप सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

राजधानी काठमाडौंबाट २०० किलोमिटर पश्चिममा गण्डकी प्रदेश अन्तर्गत रहेको पोखरामा स्वदेशी र विदेशी गरी बार्षिक १० लाख हाराहारीमा पर्यटकले पोखरा भ्रमण गर्ने गरेका छन् ।

फेवा महोत्सवको मुख्य आकर्षणहरुमा परम्परागत नेपाली खानाको प्रवद्र्धन,सास्कृतिक झाँकी प्रतियोगिता,गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता,पर्यटक दौड प्रतियोगिता,डुंगा दौड प्रतियोगिता र लोकदोहोरीका कार्यक्रम लगाएतका रहेको जनाएको छ । पोखरामा मात्र ६०० भन्दा बढि होटलहरु सञ्चालनमा रहेको छ ।