सोमबार नेप्से परिसूचक १० अङ्कभन्दा धेरैले घटेको छ भने कारोबार रकममा पनि १६ करोडले कमी आएको छ । आइतबार नेप्सेमा ४१ कारोड रुपैयाँबराबरको सेयर कारोबार भएको भए पनि सोमबार घटेर ३० करोडमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको घट्ने क्रम सोमबार पनि कायम छ । गत साताभर ७ अङ्कले घटेको नेप्से यो साताको २ दिनमै ११ अङ्कभन्दा धेरैले घटेको छ ।
सोमबार नेप्से परिसूचक १० अङ्कभन्दा धेरैले घटेको छ भने कारोबार रकममा पनि १६ करोडले कमी आएको छ । आइतबार नेप्सेमा ४६ कारोड रुपैयाँबराबरको सेयर कारोबार भएको भए पनि सोमबार घटेर ३० करोडमा झरेको छ ।
सोमबार कारोबार सुरु हुँदादेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । सेयर बजारमा अधिक आपूर्तिका कारण बजार सुधार आउने अपेक्षा गरेका लगानीकर्तासमेत निराश देखिएका छन । पछिल्लो समय सेयर बजार सूचकले निश्चित गति लिन नसक्दा लगानी गर्ने वा नगर्ने अन्योल बढेको छ ।
सोमबार कारोबार सुरु हुँदा १४१०.५१ अङ्कमा रहेको नेप्से १०.४६ अङ्कले घटेर १४००.०५ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि २ अङ्कले घटेको छ ।
सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक नकारात्मक भए पनि समग्र बजार सूचक घटेको हो । नेप्सेमा कारोबार भएका बैङ्क ७.०९, विकास बैङ्क १४.१९, अन्य समूह ३.५१, बिमा ८४.८१, होटल ८, वित्त ६.९६, लघुवित्त समूह १७.३८, उत्पादनमूलक १.१७, व्यापार समूह ०.०९ र जलविद्युत समूह ३०.२ अङ्कले घटेका छन् ।
सोमबार नेप्सेको कारोबार रकममा पनि कमी आएको छ । नेप्सेमा १५४ कम्पनीको ३ हजार ८ सय ९४ कारोबारबाट ३० करोड ७८ लाख रुपैयाँबराबरको ९ लाख १५ हजार ५ सय २३ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा १६ करोडले थोरै हो ।