काठमाडौं । काठमाडौंका लागि विभिन्न ठाँउबाट उडेका ६ ओटा डोमेस्टिक विमानले बिराटनगरमा आपत्तकालीन अवतरण गरेका छन् ।
आईतबार साँझ काठमाडौंका लागी विराटनगर, जनकनपुर लगायतका बिमानस्थलबाट उडेका विमानहरुलाई विराटनगर विमास्थलमा अवतरण गराईएको हाे । हावाहुरी र पानीका कारणा काठमाडौंको मौसम बिग्रेकाले यती, बुद्ध र श्री एअरलाईन्सका विमान विराटनगर विमानस्थलमा अवतरण गराइएको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले बताए ।
उनका अनुसार विराटनगर अवतरण गरेका सबै विमान आज उतै रहने भएका छन् ।