हावाहुरीबाट भएकाे क्षतिप्रति एफएनसीसीअाइद्वारा दुुख व्यक्त

बारा र पर्सामा वर्षासँगै आएको हावाहुरीले ज्यान गुमाएका परिवारप्रती गहिराे सम्बेदना  व्यक्त गर्दै घरवारविहीन भएकालाई सहयाेग गर्न नेपाल उद्योग वाणिज्य महासङ्घमा अापत्तकालिन बैठक बस्दै छ ।

पीडित बनेका परिवार र मृतकका अाफन्तलाई सहयाेग गर्ने उदेश्य अापत्तकालिन बैठक डाकिएकाे अध्यक्ष भवानी राणाले बताईन । यसअघि पनि देशमा विपत्ति अाउँदा महासङ्घले सहयाेग गरेकाे र अहिले पनि जुटेकाे उनकाे भनाई छ ।

हावाहुरीबाट २७ जनाको मृत्यु भएको छ, भने ४ जना पर्साबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाईतेहरुको उपचारमा कठीनाई भएको प्रहरीले जनाएको छ । बिमारीको सङ्ख्या धेरै भएकाले उपकरण तथा जनशत्तिको कमी भएको र त्यही मात्रामा रगतपनि नभएका कारण उपचारमा कठीनाई भएको प्रहरीले जनाएको छ ।उद्धार कार्य अहिलेपनि जारी छ ।
हावाहुरीका कारण भलुही, पुरैनिया परसौन, बिजवनिया लगायतका गाँउहरु प्रभावीत परेका छन् ।