श्रोतका अनुसार अख्तियार प्रमुख दीपकुमार बस्नेतले आफ्नो कार्यकाल सकिने बेलामा केही मुद्दालाई प्रभाबको आधारमा तामेलीमा हाल्न थालेका छन् ।
अकुत सम्पत्ति कमाएको आरोपमा अनुसन्धानको घेरामा आएका पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाउने भएको छ ।
पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानविन गरेको अख्तियारले अर्यालको मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको अख्तियार श्रोतले बतायो । श्रोतका अनुसार अख्तियार प्रमुख दीपकुमार बस्नेतले आफ्नो कार्यकाल सकिने बेलामा केही मुद्दालाई प्रभाबको आधारमा तामेलीमा हाल्न थालेका छन् ।
आयोगले अर्याललाई गत कात्तिक १९ गते आयोगमा बोलाएर बयान लिएको थियो । आयोगल सम्पत्ति मूल्यांकन तथा अनुसन्धान गर्न र अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिलाई भराउने १३ पाने भराएको छ ।