धावनमार्गको पिच गर्न तीन महिना लाग्ने र १४ घण्टामात्र विमानस्थल सञ्चालन हुने भएपछि तत्कालका लागि राजविराजको उडान कटौती गरिएको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए ।
काठमाडौं । सोमबार रातिबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच मर्मत गर्न थालिएसँगै श्री एयरलाइन्सले राजविराज उडान केही समयका लागि कटौती गरेको छ ।
धावनमार्गको पिच गर्न तीन महिना लाग्ने र १४ घण्टामात्र विमानस्थल सञ्चालन हुने भएपछि तत्कालका लागि राजविराजको उडान कटौती गरिएको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए ।
उनले विमानस्थलको धावनमार्गको काम पूर्णरुपमा सम्पन्न भएपछि मात्र राजविराजमा उडान सुरु गर्ने बताए । श्रीले नौ महिनाअघिबाट राजविराज विमानस्थलमा उडान सुरु गरेको थियो ।
यसैबीच वायुसेवा सञ्चालक सङ्घ नेपालले विमानस्थलको धावनमार्गको स्तरोन्नति सुरु भएसँगै उडानको करिब २० प्रतिशतसम्म उडान कटौती गर्नुपर्ने जनाएको छ ।
सङ्घले एक विज्ञप्ति जारी गरी विमानस्थलमा हुन सक्ने ट्राफिक जामलाई ध्यानमा राखी मौसम वा अन्य कुनै प्राविधिक कारणले तालिकाअनुसार उडान रद्द हुन गएमा सोको डिले उडान पाउने सम्भावना नरहेको यात्रुहरुलाई जानकारी दिएको छ ।








