३ कम्पनीको ३६ करोड ४५ लाखको आईपीओ आउँदै, कसको कति (सूचीसहित)

शिवश्री हाइड्रोपावर लिमिटेड, घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय सस्था लिमिटेडका गरी ३६ करोड ४५ लाख ५१ हजार ८०० रुपैयाँबराबरको ३६ लाख ५१ हजार ८० कित्ता आईपीओ निष्कासन हुँदैछ ।

काठमाडौ । विभिन्न ३ कम्पनीले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । एक जलविद्युत् र दुई लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्न लागेका हुन् । शिवश्री हाइड्रोपावर लिमिटेड, घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय सस्था लिमिटेडका गरी ३६ करोड ४५ लाख ५१ हजार ८०० रुपैयाँबराबरको ३६ लाख ५१ हजार ८० कित्ता आईपीओ निष्कासन हुँदैछ ।

शिवश्रीले ३३ करोड ५१ लाख १४ हजार रुपैयाँबरारबरको ३३ लाख ५१ हजार, घोडीघोडाले १ करोड ३२ लाख ६० हजार रुपैयाँबरारबरको १ लाख ३२ हजार र नेपाल एग्रोले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँबराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।

शिवश्री र घोडीघोडा लघुवित्तले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । नेपाल एग्रो लघुवित्तले बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल एग्रोलाई अनुमति दिएको छ । सस्थाले चुक्तापुँजीको ३२.५० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंङ्किङ्ग लिमिटेडलाई ताेकिएकाे छ ।

शिवश्रीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र घोडीघोडा लघुवित्तको प्रभु क्यापिटल लिमिटेड छन् ।
साउनयता धितोपत्र बोर्डले २० कम्पनीलाई ६ अर्ब ३० करोड १८ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।