कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।
काठमाडौ । मेगा बैंकले मर्चेन्ट बैंङ्किङको कारोबार सुरु गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई मर्चेन्ट बैंङ्किङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको हो । कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।
मेगा क्यापिटलले पूँजीबजारसँग सम्बन्धित निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंङ्किङ सेवाहरु प्रदान गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदयकान्त झाले बताए ।
केही दिनपछि औपचारिक कार्यक्रम गरी मेगा क्यापिटलको कारोबार प्रारम्भ गर्ने उनले जानकारी दिए ।