पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा नयाँ  कार्यसमिति

प्रथम उपाध्यक्ष- पुकार भण्डारी (क्याथ), द्वितीय उपाध्यक्ष- जुबी छुस्याबागा (एनसीटीटीएम), सचिव- जिग्मे लामा (मिड भ्याली), सहसचिव- श्रध्दा केसी (क्याथ), कोषाध्यक्ष- सृष्टि श्रेष्ठ (नाथम), सहकोषाध्यक्ष - सनिशलाल श्रेष्ठ (सिल्भर माउन्टेन ) चयन भएका छन् ।

पाटा नेपाल स्टुडेन्ट च्याप्टरले पब्लिक युथ क्याम्पसमा बीटीटीएम अध्ययनरत छात्र सुरेन्द्र न्यौपानेको अध्यक्षतामा नयाँ  कार्य समिति चयन गरेको छ ।

यसैगरी प्रथम उपाध्यक्ष- पुकार भण्डारी (क्याथ), द्वितीय उपाध्यक्ष- जुबी छुस्याबागा (एनसीटीटीएम), सचिव- जिग्मे लामा (मिड भ्याली), सहसचिव- श्रध्दा केसी (क्याथ), कोषाध्यक्ष- सृष्टि श्रेष्ठ (नाथम), सहकोषाध्यक्ष – सनिशलाल श्रेष्ठ (सिल्भर माउन्टेन ) चयन भएका छन् । कार्यकारी सदस्यहरुमा रिजा  ब्यन्जनकार (नाथम), निक्सल राई (आईएसटी), मनीष बज्राचार्य ( आईएसटी), सविता छेत्री (मिड भ्याली ), रूपक दुलाल (गेट वे), सम्झना ढकाल (मिड भ्याली ), प्राञ्जल भट्टराई  (गेट वे), सोनिया तिवारी (पब्लिक युथ) तथा बिना लामिछाने (एनसीटीटीएम) चयन भएका छन् ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरअन्तर्गत स्थापित पाटा नेपाल स्टुडेन्ट च्याप्टर पाटा नेपालमा आबद्ध हस्पिटालिटी तथा पर्यटन शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको साझा मञ्च हो । यसले विद्यार्थीलाई पर्यटन क्षेत्रसँग निकट आबद्धता, सम्बन्ध विस्तार, ज्ञान, सिप तथा दक्षता अभिवृद्धि र पर्यटन  क्षेत्रमा युवा पर्यटन पुस्ताको  उज्ज्वल भविष्य निर्माणमा उल्लेखनीय भूमिका खेल्दै आएको छ ।

पाटा नेपाल स्टुडेन्ट च्याप्टरको नयाँ कार्यसमिति सदस्यहरूलाई पाटा नेपालका अध्यक्ष सुनिल शाक्य, महासचिव विभूतिचन्द ठाकुर, कोषाध्यक्ष शिव ढकाल र सीईओ  सुरेशसिंह बुडालले स्वागत  तथा बधाई ज्ञापन गर्दै पाटा नेपाल च्याप्टरको हरेक अभियान तथा कार्यक्रमहरुमा स्टुडेन्ट च्याप्टरले निर्वाह गरेको भूमिका अमूल्य एवम् प्रशंसनीय रहेको बताए । उनीहरूले आगामी दिनमा स्टुडेन्ट च्याप्टरलाई अझ सशक्त एवम् प्रभावकारी रुपमा अगाडि बढाउन पाटा नेपालले सदैव अभिभावक तथा मार्गदर्शकको रुपमा सहयोग प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।