नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकको घट्ने क्रमले निरन्तरता पाएपछि पुन १४ सय भन्दा तल आएको छ । करिब एक महिनाको अवधिमा सेयर बजार सूचक तेस्रो पटक मंगलबार १४ सय भन्दा तल झरेको हो ।
यसभन्दा अघि पनि नेप्से सूचक १४ सय भन्दा तल झरेको थियो । त्यसपछिको सुधार बजार सूचक १४५६ अंक सम्मय पुगेको भएपनि पुनः १४ सय भन्दा तल फर्केको थियो ।
पछिल्लो समयमा सेयर बजार देखिएको अधिक आपुर्तिका कारण नेप्से परिसूचक १४ सय को हाराहारीमा रहदै आएको छ । नेप्सेमा देखिएको स्थिर प्रवृत्तीका कारण सेयर लगानीकर्ता पनि बजार रहने की बाहीरीने विषयमा निर्णय गर्न सकेका छैनन् ।
गत साताको सुधार १४११ सम्म पुगेको नेप्से सुचक यो साताको गिरावटले पुन १३ को लाइनमा झरेको छ । यो साताको पहिलो दिन देखि मंगलबारसम्ममा निरन्तर घटेको छ । सोमबार १० अंक भन्दा धेरैले घटेको नेप्से मंगलबार ६ अंक भन्दा धेरै अंकले घटेपछि १३९४ मा झरेको हो ।
नेप्से परिसूचक संगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । यो साताको पहिलो दिन देखि नै बजार सूचक सहित कारोबार रकममा पनि गिरावट आउने क्रम जारी छ । मंगलबार नेप्सेमा २४ करोड रुपैयाँ बरावरको कारोबार भएको छ ।
सोमबार घटेर ३० करोड रुपैयाँ बरावरको सेयर कारोबार भएको नेप्सेमा मंगलबार ६ करोड भन्दा धेरैले घटेको हो ।
कारोबार सुरु हुदाँ देखि निरन्तर घटेको नेप्से बन्द हुँदा सम्म कायम रह्यो । सेयर मंगलबार कारोबार सुरु हुँदा १४००.०५ अंकमा रहेको नेप्से ६.०२ अंकले घटेर १३९४.०३ अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इण्डेक्स पनि एक अंकले घटेको छ ।
नेप्सेमा कारोबार भएका सम्पुर्ण समूहगत परिसूचक नकारात्मक भएपछि समग्र बजार सुचक घटेको हो । नेप्सेका कारोबार भएका बैंक ५.७९, विकास बैंक ३.९३, अन्य समूह ०.२८, बिमा ३०.१८, होटल ६.८७, वित्त ०.१८, लघुवित्त समूह ७.५५, व्यापार समूह ५.८२ र जलविद्युत समूह २२.५४ अंकले घटेका छन् ।
मंगलबार नेप्सेको कारोबार रकममा पनि कमी आएको छ । नेप्सेमा १५२ कम्पनीको २ हजार ९ सय २७ कारोबारबाट २४ करोड २० लाख रुपैयाँ बराबरको ७ लाख ९ हजार ८ सय ३ कित्ता सेयर किनबेच भएको छ ।