अल्टिच्युडका म्यानेजिङ डाइरेक्टर निमानुरु शेर्पाले एयरबस हेलिकप्टरसँग हाई अल्टिच्युड परफर्मेन्सका लागि विश्व विख्यात हेलिकप्टर एस ३५० बी थ्री (एचआई १२५) खरिद गरेको जानकारी दिए । यसअघि पनि अल्टिच्युडले सोही कम्पनीसँग दुइटा हेलिकप्टर खरिद गरिसकेको छ ।
काठमाडौं । अल्टिच्युड एयरले नयाँ हेलिकप्टर ल्याएको छ । कम्पनीले करिब ३५ करोड रुपैयाँमा एस ३५० बी थ्री (एचआई १२५) हेलिकप्टर ल्याएको हो ।
अल्टिच्युडले ल्याएको हेलिकप्टरको रजिस्ट्रेसन नम्बर ९एन एएमएक्स तथा ८ हजार ६ सय ५८ सिरियल नम्बर छ ।
अल्टिच्युडका म्यानेजिङ डाइरेक्टर निमानुरु शेर्पाले एयरबस हेलिकप्टरसँग हाई अल्टिच्युड परफर्मेन्सका लागि विश्व विख्यात हेलिकप्टर एस ३५० बी थ्री (एचआई १२५) खरिद गरेको जानकारी दिए । यसअघि पनि अल्टिच्युडले सोही कम्पनीसँग दुइटा हेलिकप्टर खरिद गरिसकेको छ ।
हेलिकप्टर अपरेसन निर्देशक क्याप्टेन केशवप्रसाद गौचनको नेतृत्वमा क्याप्टेन रवीन्द्र प्रजापति, इन्जिनियर अनिरुद्ध श्रेष्ठसहितको टोली मलेसियाबाट थाइल्यान्ड, म्यानमार, बङ्गलादेश, भारत र विराटनगर हुँदै १६ घण्टामा काठमाडौं आइपुगेको बताइएको छ ।
अल्टिच्युडका मार्केटिङ प्रमुख सीताराम सापकोटाले बुधबार काठमाडौं ल्याइएको हेलिकप्टरको भन्सारलगायतका केही प्राविधिक काम सकिनेबित्तिकै व्यावसायिक उडान सुरु गर्ने जानकारी दिए । पाइलटसहित ६ सिट रहेको ९एन एएमएक्स डिपार्टको सो हेलिकप्टर न्यु ब्रान्ड हो ।
हेलिकप्टरले माउन्टेन फ्लाइटदेखि हाई अल्टिच्युडसम्म उडान गर्ने छ । यो हेलिकप्टर भित्रिएसँगै अल्टिच्युडसँग दुई ओटा हेलिकप्टर हुने छन् । एक वर्षअघि दुर्घटनामा परेपछि अल्टिच्युडले एउटा हेलिकप्टरमार्फत सेवा दिँदै आएको थियो ।