सरकारले तयार पारेको १५ औं योजनाको आधारपत्रमा पुँजीबजारमा साना, स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण बढाउन यस्तो व्यवस्था गर्न लागेको हो । स्वच्छ, प्रतिस्पर्धा र फराकिलो पुँजीबजार तथा वस्तु विनियम बजारमार्फत राष्ट्रिय पुँजीको परिचालन गर्ने लक्ष्य सरकारको छ ।
काठमाडौं । राजधानीमा मात्रै केन्द्रीत रहेको साधारण सेयर (आईपीओ) निष्कासन पंहुच सबै स्थानीय तहमा विस्तार हुने भएको छ । आउँदो ५ वर्षभित्र सरकारले ७५३ स्थानीय तहमा आईपीओ निष्कासनको पंहुच पुर्याउने भएको छ ।
सरकारले तयार पारेको १५ औं योजनाको आधारपत्रमा पुँजीबजारमा साना, स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण बढाउन यस्तो व्यवस्था गर्न लागेको हो । स्वच्छ, प्रतिस्पर्धा र फराकिलो पुँजीबजार तथा वस्तु विनियम बजारमार्फत राष्ट्रिय पुँजीको परिचालन गर्ने लक्ष्य सरकारको छ ।
हाल राजधानीमा मात्र केन्द्रीत रहेको पुँजी बजारको विस्तार गरी सबै तहमा पुर्याउने आधारपत्रमा उल्लेख छ । नियामक संस्था, सुचिकृत कम्पनी, व्यवसायी र स्थानीय तहकको सहकार्यमा पुँजीबजार तथा वस्तु विनिमय सम्बन्धि साक्षरता अभिवृद्धि गरिने भएको छ ।
बजारको स्वस्थ विकासका लागि आईपीओ निष्कासनमा अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा रहेको मूल्य निर्धारण प्रणाली र दोस्रो बजार परीक्षणको पनि व्यवस्था गरिने भएको छ । क्रेडिट रेटिङ एजेन्सी स्थापना सम्बन्धित संस्थागत व्यवस्था, उत्पादनमुलक कम्पनीलाई पनि पुँजीबजारमा भित्राउन प्रोत्साहनमुलक व्यवस्था योजनामा गरिने उल्लेख छ ।
पुँजी बजारमा गैरआवासिय नेपाली तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई सहभागी गराउन कानूनी व्यवस्था गरिने आधारपत्रमा उल्लेख छ । लगानी जोखिम न्युन गर्न वित्तीय उपकरणको व्यवस्था सरकारले गर्ने भएको छ ।