७ हजार ९०९ जनाबाट ६ लाख ३४ हजार १४० कित्तालाई आवेदन परेको हिमालय ऊर्जाका प्रवन्धक प्रकाश दुलालले जानकारी दिए ।
काठमाडौं । साधारण सेयर (आईपीओ) निष्कासन गरेको दिन बुधबार हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडका लागि ६ करोड ३४ लाख रुपैयाँको आवेदन परेको छ ।
७ हजार ९०९ जनाबाट ६ लाख ३४ हजार १४० कित्तालाई आवेदन परेको हिमालय ऊर्जाका प्रवन्धक प्रकाश दुलालले जानकारी दिए । कम्पनीले १४ करोड ८५ रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ बन्द छिटोमा चैत २५ गते र ढिलोमा बैशाख १९ गतेलाई तोकिएको छ ।
५० देखि अधिकतम ६५०० कित्तासम्म आवेदन दिन पाइने नविलले जनाएको छ । यसमध्ये ४४ हजार ५५० कित्ता संस्थाका कर्मचारी र ७४ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुटटइएको छ ।