बेलुका उडान गर्न नपाएको नेपाल एयरलाइन्सको जहाज बुधबार बिहान मात्रै दुबई उडेको थियो।
काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको लापरबाहीका कारण नेपाल एयरलाइन्स(एनएसी)को जहाज उडान रोकिएको विषयमा छानविन समिति बनेको छ ।
संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिशागर लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको हो । समितिले ५ दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने छ । समितिका सदस्यहरुमा गृह मन्त्रालयका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षकसहित निगमका निर्देशक राजेश मिश्र र प्राधिकरणका प्रबन्धक विक्रम गौतम सदस्य सचिव रहेका छन।
दुबई उडानको तयारी गरिरहेको बेला विमानस्थलले एनएसीको जहाजलाई रोक लगाएर विदेशी एयरलाइन्सलाई उडान अनुमति दिएपछि मंगलबार राती रोकिएको थियो ।
विमानस्थलले उडान रोक लगाएपछि क्रु सहित २ सय ८६ जना अलपत्र परेका थिए । बेलुका उडान गर्न नपाएको नेपाल एयरलाइन्सको जहाज बुधबार बिहान मात्रै दुबई उडेको थियो।