प्रहरीले बाराबाट ५० लाख बराबरको अवैध भन्सार छलीका सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छली गरेर सामान ल्याउदै गरेको एक ट्क भन्सार छलीको सामान ईलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको बारा प्रहरी प्रमुख एसपी सानुराम भट्राईले जानकारी दिए । उनका अनुसार भन्सार छलीको सामान बोकेर बुधबार साँझ मकवानपुर तर्फ आउदै गरेको ना ७ ख ७९८४ नम्बरको ट्कबाट उक्त सामान बरामद भएको हो । प्रहरीले सामान सहित ट्क चालकलाई नियन्त्रणमा लिएको छ । सामानको कसको भन्ने बारेमा नखुलेको र बाँकी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।