नेपाल धितोपत्र बोर्डले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति माइक्रोफाइनान्स लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिइसकेको छ । यी दुई संस्थाको आईपीओ आउने तयारीमा छ ।
काठमाडौं । विभिन्न ७ ओटा लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कास गर्ने भएका छन् । ७ ओटा लघुवित्तले २२ करोड ३५ लाख २८ हजार ८०० रुपैयाँ बराबरको २२ लाख २५ हजार २८८ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।
नेपाल धितोपत्र बोर्डले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति माइक्रोफाइनान्स लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिइसकेको छ । यी दुई संस्थाको आईपीओ आउने तयारीमा छ ।
यस्तै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वावलम्बन माइक्रोफाइनान्स लिमिटेड, गुराँश लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।
नेपाल एग्रोले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता, गणपतिले ३ करोड ३५ लाख रुपैयाँ बराबरको २ लाख ३५ हजार कित्ता, जनसेवीले ४ करोड ६३ लाख ३० हजार रुपैयाँको ४ लाख ६३ हजार ३०४ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।
गुराँश लघवित्तले २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता, स्वावलम्बनले १ करोड ९८ लाख ६१ हजार रुपैयाँको १ लाख ९८ हजार ६१ कित्ता, घोडीघोडा लघुवित्तले १ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार ६० र इन्फिनिटी लघुवित्तले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले ७१ ओटा लघुवित्तलाई वित्तीय कारोबार गर्न अनुमति दिएको छ । आईपीओ निष्कासनको तयारीमा रहेका सबै नयाँ लघुवित्त संस्था हुन् ।