सेयर बजार झिनो अङ्कले घट्दा एनआईसी बैङ्कको सबैभन्दा बढी कारोबार

एनआईसीको प्रतिकित्ता ४४० रुपैयाँमा ४ करोड ७१ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार ०.६५ अङ्क घटेको छ । बजार झिनो अङ्कले घटे पनि ४२ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहीबार एनआईसी एसिया बैङ्कको सबैभन्दा बढी सेयर किनबेच भएको छ । एनआईसीको प्रतिकित्ता ४४० रुपैयाँमा ४ करोड ७१ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको प्रतिकित्ता २२३ रुपैयाँमा २ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बैङ्क, वित्त, निर्जीवन बिमा, उत्पादनमूलक क्षेत्रको सेयर मूल्य बढेको छ भने होटल, जलविद्युत्, जीवन बिमा, विकास बैङक र लघुवित्तको सेयर मूल्य घटेको छ । सिन्धु विकास र भार्गव विकास बैङ्कका लगानीकर्ताले कमाएका छन् ।