बिहीबारसम्म २१ हजार ५८० आवेदकबाट १६ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको १६ लाख ७० हजार ९०० कित्तालाई आवेदन परेको छ । खुलेको दुई दिनमै माग भन्दा १.२५ गुणा बढी आवेदन परेको कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए ।
काठमाडौं । निष्कासन भएको दुई दिनमै हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा माग भन्दा बढी आवेदन परेको छ ।
बिहीबारसम्म २१ हजार ५८० आवेदकबाट १६ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको १६ लाख ७० हजार ९०० कित्तालाई आवेदन परेको छ ।
खुलेको दुई दिनमै माग भन्दा १.२५ गुणा बढी आवेदन परेको कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए । कम्पनीले १४ करोड ८५ रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
आईपीओ बन्द छिटोमा चैत २५ गते सोमबारसम्म हुने छ । न्युनतम ५० देखि अधिकतम ६५०० कित्तासम्म आवेदन दिन पाइने नविलले जनाएको छ । यसमध्ये ४४ हजार ५५० कित्ता संस्थाका कर्मचारी र ७४ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुटटइएको छ ।