
स्राेत नखुलेकाे भन्दै राष्ट्रबैङ्कले राेकेकाे अजयराज सुमार्गीकाे २ अर्ब रूपैयाँ ल्याउन सर्वाेच्चले खुला गरेकाे छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रकम ल्याउन खुला गरेकाे हाे । तर, राष्ट्रबैङ्कले ४ अर्ब रूपैयाँ राेकेकाे थियाे ।
८ वर्ष अघि साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैङ्ककाे खातामा आएको २ करोड १३ लाख अमेरिकी डलर रोकिएको थियो । त्याे बेला उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै २०६९ साल चैतमा रोक्का गर्न भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको थियो । सोही पत्र अनुसार बैङकले बाँकी निकासा रोकेको थियो । तर, अाज पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।
राष्ट्र बैङ्कका तत्कालीन गभर्नर डाक्टर युवराज खतिवाडाले राेकेकाे उक्त पैसा ल्याउन राेक लगाएका थिए । तर, अाजबाट ल्याउनका लागि बाटाे खुला भएकाे हाे । सुमार्गीकाेतर्फबाट मङ्गलबार नै सुमार्गी र सुवासचन्द्र पौडेलले रकम निकासा माग गर्दै रिट दर्ता गराएका थिए।